गृहपृष्ठ नेपाल क्लियरिङ हाउसको अध्यक्षमा पौडेल चयन
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा पौडेल चयन
नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेललाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन भएका छन् । कम्पनीको २३० औं सञ्चालक समितिको बैठकबाट उनलाई अध्यक्षमा चयन गरिएको हो ।
उनले मङ्गलवार डेपुटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको शपथसमेत ग्रहण गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात् नेपाल क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।
प्रकाशित समय : ०८:४१ बजे



















