global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंका यी ठाउँमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी ठाउँमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी ठाउँमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौंका फरक फरक ठाउँमा आजदेखि चारदिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय : ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु