गृहपृष्ठ नेप्से ३४ अंकले बढ्यो, कारोबार रकम पनि ६ अर्ब बढी
नेप्से ३४ अंकले बढ्यो, कारोबार रकम पनि ६ अर्ब बढी
पछिल्लो समय शेयर बजार लगातार रुपमा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेदेखि नै बढ्न थालेको शेयर बजार सोमबार पनि उच्च अंकले बढेको हो ।
सोमबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक (नेप्स) ३४ दशमलव १४ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक २०६० दशमलव ४९ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८८ प्रतिशतले बढी हो ।
सोमबार परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार शेयर बजारमा ६ अर्ब बढीको कारोबार भएको छ । आज ३०५ कम्पनीका २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता शेयर १ लाख १३ हजार ६९३ पटक खरिद बिक्री हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार भएको छ । अघिल्लो दिनको भन्दा ९ दशमलव ५६ अंकले बढेर सेन्सेटिभ इन्डेक्स ३९० दशमलव ६३ विन्दुमा पुगेको छ । सोमबार कारोबार भएका १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७२ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
प्रकाशित समय : १५:२१ बजे



















