गृहपृष्ठ शेयर बजार २ हजार विन्दुभन्दा माथि उक्लियो
शेयर बजार २ हजार विन्दुभन्दा माथि उक्लियो
बुधबार शेयर बजार खुलेको करिब २ घण्टाको अवधिमै शेयर बधवार २ हजारको विन्दु पार गरेको छ । न्युजकारोबारले यो समाचार तयार पार्दाम्म नेप्से परिसुचक १८ दशमलव २३ अंकले बढेर २००३ को विन्दुमा पुगेको छ । आईतबार लगातारको सर्किटपछि शेयर बजारमा ठुलो उत्साह छाएको छ ।
लगानीकर्ताको मनोबल उच्च हुँदा सूचकमा उत्साह देखिएको हो । लामो समयदेखि शिथिल बनेको बजारमा केन्द्रीय बैंकले नीतिगत लचकता देखाएपछि उत्साह बढेको हो । यस्तै, घट्दो बैंक ब्याजदर र बढ्दो तरलता अवस्थाले पनि सेयर बजार माथि जान सहयोग गरेको हो । बजार बढ्न थालेसँगै नयाँ लगानीकर्ताको पनि प्रवेश हुन थालेको ब्रोकरहरुको भनाई छ । पछिल्ला दिनहरुमा केही कम्पनीहरुको भाउ मज्जाले बढ्न थालिसकेको छ । यसबाट पनि लगानीकर्ता थप आकर्षित हुन थालेको अनुमान गरिएको छ ।
प्रकाशित समय : १२:५५ बजे



















