global ime bank Long Banner Ad

गृहपृष्ठ एक दिन पनि टिकेन शेयर बजारको हरियाली, कारोबार रकममा भने उल्लेख्य वृद्धि

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, कारोबार रकममा भने उल्लेख्य वृद्धि

एक दिन पनि टिकेन शेयर बजारको हरियाली, कारोबार रकममा भने उल्लेख्य वृद्धि

शेयर बजारमा देखिएको हरियाली एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन ६ प्रतिशतले बढेर सकारात्मक सर्किटका साथ बन्द भएको शेयर बजार सोमबार भने दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन १११ अंकले बढेको शेयर बजार आज १५ दशमलव ४० अंकले ओरालो लागेको हो ।

कारोबार हुने साताको दोस्रो दिन शेयर बजार परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ । आजको कारोबार बन्द हुँदा शेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ । सोमबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९४८ दशमलव ५७ विन्दुमा पुगेको छ । आज ३०३ कम्पनीका १ करोड ४६ लाख ८ हजार ५१७ कित्ता शेयर १ लाख ९ हजार ९१८ पटक खरिद बिक्री भएको छ । जसबाट ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३३ अंकले घटेको छ । अघिल्लो कारोबार भन्दा १.६६ प्रतिशतले घटेको सेन्सेटिभ इन्डेक्स ३६९ दशमलव ४१ विन्दुमा पुगेको छ ।

प्रकाशित समय : १५:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु