global ime bank Long Banner Ad

गृहपृष्ठ ओलीको दाबी – पार्टी प्यालेसबाट महिला निकाल्ने युवा संघ होइन

ओलीको दाबी – पार्टी प्यालेसबाट महिला निकाल्ने युवा संघ होइन

ओलीको दाबी – पार्टी प्यालेसबाट महिला निकाल्ने युवा संघ होइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको एक पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने काममा युवा संघको संलग्नता नभएको दाबी गरेका छन्।

पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, “अहिले स्वार्थी तत्वहरु सडकमा आएका छन् । हामीलाई बदनाम गराउन लागिपरेका छन् । भिडियो जुन सार्वजनिक भएको छ । त्यसमा युवा संघको कुनै संलग्नता छैन । मैले फोन गरेर पनि सोधेँ ।”

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते बल्खु क्षेत्रमा हुने कार्यक्रममा भाग लिन आएका महिलाहरूलाई भक्तपुरस्थित इन्द्रसान पार्टी प्यालेसबाट युवाहरूको एक समूहले मंगलबार बेलुकी निकालेका थिए।

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु