गृहपृष्ठ दुर्गा प्रसाईं र महेश बस्नेतलाई माइतीघरमा कार्यक्रम गर्न निषेध
दुर्गा प्रसाईं र महेश बस्नेतलाई माइतीघरमा कार्यक्रम गर्न निषेध

मङ्सिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ ।
दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । ‘माइतीघर मण्डला लाइफलाइन भएको हुनाले त्यहाँ दमकल र एम्बुलेन्स हिँड्नुपर्छ, दुवै पक्षसँग समन्वय गरेर हामी नयाँ कार्यक्रम स्थल तोक्छौँ ।’मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ दुवै समूह माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै त्यहाँ कार्यक्रम गर्न रोक लगाएर ‘निषेधाज्ञा’ लगाउने तयारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्दा दुवै पक्षले कानुन कार्यान्वयनमा सघाउने बताएको सहायक प्रजिअ आचार्यले बताए । उनले भने–‘आज साँझसम्म त्यसबारे औपचारिक निर्णयसहित नयाँ कार्यक्रम स्थल निर्धारण गर्छौँ ।’जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा सङ्घलाई काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिन सकिने जानकारी गराएको छ ।
युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठ भन्छन्–‘तीनकुनेमा कार्यक्रम गर्ने कुरामा हाम्रो सहमति रहन्छ, प्रमुख जिल्ला अधिकारीसँग त्यसबारे छलफल भएको छ ।’आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको थियो । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ७ मङ्सिरबाट १५ दिनसम्म माइतीघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ ।
प्रकाशित समय : १६:२५ बजे