गृहपृष्ठ युएईविरूद्ध बलिङ गर्दै नेपाल, दीपेन्द्र टिममा फर्किए

युएईविरूद्ध बलिङ गर्दै नेपाल, दीपेन्द्र टिममा फर्किए

युएईविरूद्ध बलिङ गर्दै नेपाल, दीपेन्द्र टिममा फर्किए

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ।

खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ। सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहेपनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणको तीनवटै खेल गुमाएका थिए ।

समूह ए अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित हुँदै उपविजेता बनेपछि नेपालले मुलपानी मैदानमा खेल्नु पर्ने भएको हो । मुलपानी मैदानमा क्यानले ३ हजार ५०० टिकट मात्र बेचेको छ ।

टी२० विश्वकप छनोट अघि तयारी स्वरुप भएको त्रिकोणात्मक टी-२० शृखंलामा नेपाल र युएईबीच लिग चरणको दुई खेल मुलपानी क्रिकेट मैदानमै भएको हो । जहाँ नेपालले दुवै खेल जितेको थियो । तर टीयू मैदानमा भएको फाइनल खेल भने युएईले जितेको थियो ।

प्रकाशित समय : १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु