काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शेयर बजारमा हरियाली, कारोबार भने घट्यो

5.52K
shares

बुधबार शेयर बजारमा हरियाली छाएको छ । मंगलबार सामान्य अंकले बढेको शेयर बजार आज भने भारी अंकले उकालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव २७ अंकले बढेर १,९०७ को विन्दुमा कायम भउको छ । बैंकहरुको व्याजदर घटेसँगै बजार बढेको हो । आज सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीम उपसूचक २ दशदलमव ८७ प्रतिशतले बढेको छ । आज २२३ कम्पनीको शेयर मुल्य बढेको छ भने १० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३ करोड १३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकताृले ९ दशलमव ३१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशलमव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।