global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमामाई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने

सानिमामाईहाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ ।

१५ असोज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २३ कात्तिकमा १२ औं वार्षिक साधराणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार २३ असोजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले ५६ मेगावट क्षमताको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम एक अर्ब ५० करोडसम्म लगानी गर्ने जनाएको छ । उक्त लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरू बीच सम्झौता गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु