global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीतिक दलका शीर्ष नेताहरुको ७ खर्बमाथि पैसा केही मारवाडीको कब्जामा : प्रसाई

राजनीतिक दलका शीर्ष नेताहरुको ७ खर्बमाथि पैसा केही मारवाडीको कब्जामा : प्रसाई

राजनीतिक दलका शीर्ष नेताहरुको ७ खर्बमाथि पैसा केही मारवाडीको कब्जामा : प्रसाई

पछिल्लो समय राजनीतिक दल र कर्मचारीहरुको कमिशनको पैसा मारवाडीको कब्जामा रहेको आवाज सार्वजनिक रुपमा उठ्न थालेको छ ।

राजनीतिक दलको शीर्ष नेता र उच्च कर्मचारीहरुको ७ खर्ब रुपैयाँ भन्दा बढी पैसा केही मारवाडीको कब्जा भएका कारण हाल विभिन्न मुद्दा र प्रकरणमा जोडिएको मारवाडी व्यापारीहरुले कानुनबाट उन्मुक्ति पाइरहेको समेत सर्वसाधारणले आवाज उठाउन् थालेका छन् ।

राजनीतिक दलका शीर्ष नेता र उच्च कर्मचारीहरुले देशभित्र कमिशन र अन्य अवैध माध्यमबाट कमाएको पैसा मारवाडीले चलाएका कारण उनीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।

राजनीतिक दलका शीर्ष नेता र उच्च कर्मचारीहरुको केही मारवाडीसँग साँठगाँठ भएकै कारण देशको अर्थतन्त्र आर्थिक मन्दीको अवस्थामा पुगेको प्रसाईको दाबी छ ।

नेपालको आर्थिक अवस्था यस्तो हुनुका मुख्य तीन कारण २०४७ सालको प्रजातन्त्र, २०५२ सालको गुहयुद्ध र गोविन्द केसीको आन्दोलन नै भएको प्रसाईले बताए । ‘राजनीति दलका शीर्ष नेताहरुको ७ खर्ब रुपैयाँभन्दा बढी पैसा केही मारवाडीले विदेशमा लगेर लुकाएका छन् ।

यादि ती मारवाडी व्यापारीलाई अहिलेको मुद्दामा चलाउँदा ती नेताको ७ खर्ब पैसा डुब्ने डर उनीहरुमा छ । जसका कारण ललिता जग्गा प्रकरण, सुन तस्करी र अन्य मुद्दामा केही दोषी मारवाडीलाई सरकारले समाउन सकेको छैन ।’ उनले भने, ‘हाल देशभित्र रोजगारी नपाएको र अध्ययनका लागि दैनिक हजारौं युवासँगै विद्यार्थी पलायन भइरहेका छन् । जसका कारण नीजि विद्यालय बन्द हुँदैछन् । भने, आर्थिक उर्जाको स्रोत युवा विदेशीदाँ गाँउ–घरमा लास उठाउने मान्छे छैन ।’

शीर्ष नेता र कर्मचारीको पैसा केही मारवाडी व्यापारीले अवैध धन्दासँग तस्करीमा खर्चिएको उनको भनाइ छ ।
प्रसाईका अनुसार केही मारवाडी व्यापारी र राजनीतिक दलका शीर्ष नेताका कारण देशका कलकारखाना, उद्योग, सरकारी व्यवसायी, विगतमा राम्ररी चलेका उद्योग बन्द भइरहेका छन् । भने, यी कारण देशको अर्थतन्त्र बिग्रिदाँ हाल देशभरका व्यवसायी पयालन हुने क्रम चलिररहेको प्रसाईले जानकारी दिए ।

गोविन्द केसीका कारण नेपालमा डाक्टर, नर्स, नर्सिङ र स्वास्थ्य क्षेत्रबाट वार्षिक १ खर्ब २० अर्बभन्दा बढी पैसा अध्ययनका लागि बाहिरिएको उनको आरोप छ । उनकै आन्दोलनका कारण केही वर्षभित्र डाक्टर, नर्स, नर्सिङ र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी नपाउँदा ठुलो चलेकै नीजिदेखि प्राइभेट अस्पताल बन्द हुने अवस्थामा पुग्ने सरकारी तथ्यांकले देखाउन थालेको प्रसाई औल्याउँछन् ।

केसीकै आन्दोलनका कारण देशभित्र सञ्चालन भएका कलेज ६ सयभन्दा बढी बन्द भएको र १ हजारभन्दा बढी नीजि विद्यालय बन्द भएको तथ्यांक शिक्षा मन्त्रालयसँग भएको उनले जानकारी दिए ।

पछिल्लो समय छानविन भइरहेको ललिता निवास प्रकरण, सुन तस्करी र अन्य केही मुद्दामा नेपाली व्यापारी जेल परे तर, यही मुद्दामा मुछिएका मारवाडी व्यापारीले भने उन्मुक्ति भएको विषयमा विरोध समेत भइरहेको छ ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु