global ime bank Long Banner Ad

गृहपृष्ठ ‘विदेशमा व्यवसाय गर्दै आएका नेपालीहरु अवैध बाटोमा छैनन् ’ 

‘विदेशमा व्यवसाय गर्दै आएका नेपालीहरु अवैध बाटोमा छैनन् ’ 

‘विदेशमा व्यवसाय गर्दै आएका नेपालीहरु अवैध बाटोमा छैनन् ’ 

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेपनि विभिन्न देशमा व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका छन् । अस्ट्रेलियाको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक घलेले तीब्र गतिमा व्यावसायिक सफलता पाएका छन् । तर, उनले त्यो देशको कानुन नमिचेर अवैध धन्दामा नलागेको अहिलेसम्म पाइएको छैन ।

यस्तै, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको जर्मनीको फ्र्याङफर्टमा आधा दर्जन भन्दा धेरै होटल सञ्चालनमा छन् । उनी नेपाली समुदायका सफल व्यवसायी भनेर विदेशमा परिचित छन् । उनको नेपालमा पनि होटलदेखि बैंक तथा वित्तीय संस्था, जलविद्युत क्षेत्रमा ठुलो लगानी छ । लामिछाने र घले विदेशमा राम्रो व्यवसाय बन्नुमा उनीको इमान्दारी भएको मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन् ।

लामिछाने र घले जस्तै, गैरआवासीय नेपालीहरु विभिन्न देशमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । विभिन्न देशमा करिब २ हजारभन्दा बढी नेपाली फरक–फरक व्यवसायमा सलंग्न भएपनि उनीहरुले सम्बन्धी देशमा अवैध अथवा त्यहाँको कानुन विपरित काम नगरेका कारण आज सफलसँगै ती देशका सरकारले उनीहरुलाई सम्मान गरिरहेको प्र्रसाईले जानकारी दिए ।

व्यापार–व्यवसाय गर्दा सम्बन्धीत देशको कानुन अनुसार गरेका कारण नेपालीहरु विदेशमा विवादमा नमुछिएको उनले बताए । ‘नेपालमा ४ दशकअघि छिरेका केही मारवाडी व्यवसायीहरुले सुन तस्करी, ललिता निवास जग्गा प्रकरण, भारतीय नक्कली नोट, अमेरिकी डलर, सुपारी तस्करी र सर्पको छाला तस्करीमा लागेका कारण आज नेपालीहरु प्रश्न उठाउन थालेका हुन् ।’ उनले भने, ‘नेपालमा आएर पेशा–व्यवसाय गर्ने विदेशीलाई आफुले सम्मान गर्दै आएको छु । तर, नेपालभित्र व्यवसाय गर्ने नाममा अवैध धन्दामा लाग्ने मारवाडीहरु माथि मात्र आफुले प्रश्न उठाएको हुँ ।’

१९७० सालमा नेपाल छिरेका केही मारवाडी समुदायले नेपालमा फाइदाका लागि सत्तामा रहेका राजनीतिक पार्टीलाई साथ लिएर अर्थतन्त्र कब्जा गर्न थालेको उनको भनाइ छ । यस्तो प्रवृत्तिको मात्र आफुले विरोध गरेको प्रसाई बताउँछन् ।

व्यवसायी प्रसाईले मात्र होइन पछिल्लो समय केही नेपाली व्यवसायीहरुले यो विषयमा अप्रत्यक्ष रुपमा आवाज उठाउन थालेका छन् । जसका कारण नेपालमा धेरै मारवाडी व्यवसायीहरु अप्रत्यक्ष रुपमा अवैध बाटोबाट पैसा विदेश लैजान थालेको पनि नपाली व्यवसायीको आरोप छ ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु