global ime bank Long Banner Ad

गृहपृष्ठ १३ लाख कित्ता हकप्रद शेयर लिलाम गर्दै नेशनल हाइड्रोपावर

१३ लाख कित्ता हकप्रद शेयर लिलाम गर्दै नेशनल हाइड्रोपावर

१३ लाख कित्ता हकप्रद शेयर लिलाम गर्दै नेशनल हाइड्रोपावर

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको १३ लाख ३६ हजार ७ सय ४२ दशमलव ७१७८ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, बिरगंज,नारायणगध, सुर्खेत, नेपालगंज , धनगढी र जनकपुरबाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ । सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

कम्पनीले १ कित्ता शेयर बराबर ०.५० कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने २७ हजार ९ सय ९१ शेयरधनीहरुलाई ६८ लाख ८४ हजार ७ सय १७ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। यस हिसाबमा कम्पनीको बिक्री नभएको शेयर लिलाममा आएको हो ।

कम्पनीले असार २९ देखि साउन १८ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु