काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकको साढे ७ लाख कित्ता शेयर सर्वसाधारणमा जारी

6.68K
shares

कुमारी बैंक लिमिटेडले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक शेयर भदौ ५ गतेदेखि विक्रीमा आएको छ ।

बैंकले संस्थापक समूहमानै रहने गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले भदौ १९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यो शेयरको मूल्य प्रतिकित्ता १०१ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।