काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, के तपाईलाई पर्यो ?

6.23K
shares

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँट भएको छ। विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आइतवार आईपीओ बाँडफाँट भएको हो ।
आइतबार भएको बाँडफाँटमा दुई लाख २७ हजार ६ सय ६२ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। उनीहरूलाई गोलाप्रथाबाट शेयर बाँडफाँट गरिएको हो।

माग भन्दा बढी आवेदन आएका कारण गोलाप्रथाबाट शेयर बाँडफाँट भएको हो। बाँकी आवेदकको हात खाली भएको छ। निष्कासनमा १३ लाख ११ हजार ५ सय १७ जना योग्य आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो। १३ लाख १६ हजार ५ सय २९ जनाको आवेदन दिएका थिए। बाँकी आवेदन रद्द भएका छन्।