गृहपृष्ठ नागरिकता किन्दैमा नेपालीपन हुँदैन : व्यवसायी प्रसाई
नागरिकता किन्दैमा नेपालीपन हुँदैन : व्यवसायी प्रसाई
हाल नेपालमा व्यापार–व्यवसायका नाम एक समुहले विकृति मच्चाइरहेको नेपाली व्यवसायीहरुले आरोप लगाउन थालेका छन् । पछिल्लो समय सिमिति मारवाडी समुदायका केही व्यापारी सुन तस्करी र नेपालमा अवैध व्यवसायमा सलंग्न भएका कारण नेपाल आर्थिक मन्दीमा फसेको ती व्यवसायीहरु बताउँछन् ।
१९७० सालमा नेपाल छिरेका केही मारवाडी समुदायले नेपालमा फाइदाका लागि सत्तामा रहेका राजनीतिक पार्टीलाई साथ लिएर अर्थतन्त्र कब्जा गरेको मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले आरोप लगाएका छन् ।
बर्माबाट ४५ वर्षअघि लखेटिएका केही मारवाडी समुदायका व्यापारीले नागरिता किनेर नेपालको अर्थतन्त्रमा एकछत्र जमाइ राखेको उनले बताएका छन् । नेपाली नागरिकता किन्दैमा नेपालीपन नहुने र यसरी नेपालमा नाफा कमाएर भाग्ने उद्देश्यले छिरेका केही मारवाडी व्यापारीले देशको अर्थतन्त्र नै लुटेर भाग्ने लक्ष्य राखेको उनको आरोप छ । ‘बर्माबाट नेपालको पैसा बाहिर लैजाने उद्देश्यले नेपाल छिरेका मारवाडी समुदायको विरुद्धमा मात्र आफुले आवाज उठाएको हुँ । नेपालमा ३ सय वर्षदेखि व्यापारमा सलंग्न मारमाडीमाथि आफुलै कुनै आरोप लगाएको होइन ।’ उनले भने, ‘बर्माबाट लखेटिएका मारवाडीका कारण नेपालमा पुस्तौैदेखि व्यवसाय गदै आएका मारवाडीको वेइज्वत भइरहेको छ । तीनै बर्माबाट लखेटिएका व्यवसायका कारण नेपालका मारवाडी समस्यामा पर्न थालेका छन् । यो विषयमा नेपाली मारवाडी समुदायले पनि आफुसँग गुनासो गर्न थालेका छन ।’
बर्माबाट लखेटिएका मारवाडी व्यापारीले नागरिकता किनेर नेपालको अर्थतन्त्रमा कुदृष्टि लगाएको उनको भनाइ छ । ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी मात्र होइन । अर्थतन्त्रमा पनि कब्जा गरी दैनिक पैसा विदेश लैजाने गरेको उनको आरोप छ । ४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुकै हातमा छ । जसका कारण नेपालमा आर्थिक मन्दी भएको उनले जानकारी दिए ।
हाल नेपालमा ७–८ खर्ब रुपैयाँ पैसा मात्र भएका कारण देशमा आर्थिक मन्दीको एउटा कारण भएको प्रसाई बताउँछन् । नेपालको अर्थतन्त्र बर्माबाट लखेटिएका मारवाडीको मनपरी छ । जसका कारण नेपाली व्यवसायी समस्यामा परेको प्रसाईले औल्याएका छन् ।
तीनै बर्माबाट छिरेका मारवाडीहरु अहिले भारतीय नोट तस्करी, सुन तस्करी, अवधै लागू औषधी र अन्य अवैध कार्यमा सलंग्न रहेको प्रसाईको भनाइ छ । व्यवसायी प्रसाईले मात्र होइन पछिल्लो समय केही नेपाली व्यवसायीहरुले यो विषयमा अप्रत्यक्ष रुपमा बोल्न थालेका छन् ।
केही सिमिति मारवाडी व्यवसायीहरुका कारण नेपालको अर्थतन्त्र खतरामा परेको आरोप उनीहरुले लगाउने थालेका छन् । अरु व्यवसायी पनि बोल्न थाले नेपालका एक उच्च व्यापारीका अनुसार नेपालका राजनीतिक दलका कारण नेपालको अर्थतन्त्रमा केही मारवाडी समुदायको मनपरी हुँदा अर्थतन्त्र धरापमा परेको छ ।
यो विषयमा सबै नेपाली व्यवसाय सचेत नभए नेपालको अर्थतन्त्र मारवाडीले बाहिर लिएर भाग्ने उनको दाबी छ । हाल मारवाडीका केही व्यापारी समुहरुले नेपालको ठुलो धन विदेशमा लुकाएर बसेको पाइएको सिविआई प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । ती प्रहरी अधिकारीका अनुसार केही मारवाडी व्यवसायीले पैसामा विदेशमा लुकाएको र ती व्यवसायी भागिरहेको जानकारी दिए ।
४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेको थियो । बर्मा सरकारले लखेटपछि उनीहरु नेपाल छिरेको नेपाली व्यवसायीहरु बताउँछन् ।
महाअभियानको विज्ञप्ती

प्रकाशित समय : १८:०५ बजे



















