नारायणी पुलबाट हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु
वि.सं.२०८० साउन १८ बिहीवार ११:०२
shares

चितवनको नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी पुलबाट नदीमा हाम फालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार अन्दाजी ४५ वर्षीय महिलालाई नदीमा हम्फालेको र उनको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उद्धार लगत्तै उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले महिलालाई मृत घोषणा गरेका थिए ।
महिलाको बिहान ८ः३६ बजेको समयमा अस्पतालमा मृत्यु भएको उनले बताए । बिहीबार बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट ती महिला नदीमा हाम फालेकी थिइन् । नदी किनारमा तैनाथ टोलीले महिला हाम फालेको देखेर उद्धार गरी अस्पताल पुर्याएको थियो । मृत महिलाको हाल नाम थर खुल्न सकेको छैन ।
























