nmb bank

गृहपृष्ठ ४० खर्ब ऋण ५५ व्यापारिक घराना र मारवाडीको हातमा पर्दा नीजि बैंक टाट पल्टिदै : प्रसाई

४० खर्ब ऋण ५५ व्यापारिक घराना र मारवाडीको हातमा पर्दा नीजि बैंक टाट पल्टिदै : प्रसाई

४० खर्ब ऋण ५५ व्यापारिक घराना र मारवाडीको हातमा पर्दा नीजि बैंक टाट पल्टिदै : प्रसाई

आर्थिक समस्याभन्दा पनि आन्तरिक ऋणका कारण नीजि बैंकहरु टाट पल्टिने अवस्थामा पुगेका छन् । पछिल्लो समय बैंकहरुले क्षमताभन्दा बढी व्यापारिक घरानालाई ऋण दिएका कारण आर्थिक समस्याको जड भएको केही व्यवसायीहरुले औंल्याउन थालेका छन् ।

व्यापारिक घराना र मारवाडीले बैंकबाट चालु पुँजी १० देखि १२ खर्ब रुपैयाँ निक्षेप चलाएका कारण नीजि बैंक टाट पल्टिने अवस्थामा पुगेको मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले बताएका छन् ।

४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुले बाहिर लागेको छ । हाल नेपालमा ७–८ खर्ब रुपैयाँ पैशा मात्र भएको प्रसाईको दाबी छ ।

अहिले नीजि बैंक बोल्न सकेका छैन । बैंकमा भएको निक्षेप केही व्यापारिक घराना र मारवाडीका हाता पुगेको उनले बताए । ‘व्यापारिक घराना परिवारमाथि क्षमताभन्दा धेरै बैंकहरुले ऋण दिएका छन् । एक करोडको व्यवसायी गदै आएका व्यापारिक घराना र मारवाडीले १० करोडसम्म बैंकबाट ऋण लिएको छैन । यो पैशा लगानी भएको छ्रैन ।’ उनले भने, ‘जनताले अहिले आफुले बैंकमा जम्मा गरेको निकाल्न पाउने अवस्था छैन । बैंकले सामान्य ऋणीलाई ऋण लिन दवाव दिएपनि व्यापारिक घराना र मारवाडीलाई छुन सकेको छैन । यसका कारण पनि आर्थिक समस्या थपिदैँ छ ।’

कार्यविधिमा कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण गरी ७ प्रकारका कर्जामा ५ प्रतिशत ब्याज अनुदानम पाइन्छ ।
अहिले नीजि बैंक आन्तरिक समस्यामा फसेका छन् । बंैंकबाट लिएको निक्षेप रकम व्यापारिक घरानाले तिर्ने नमानेको बैंक सञ्चालकले गुनासो गर्न थालेको प्रसाईको भनाइ छ ।

५५ जना व्यापारिक घरानाले  अर्बभन्दा बढी नीजि बैंकहरुमा कृषि कर्जाका नाममा अनुदान लिएको प्रमाण भएको प्रसाईको दाबी छ । यो विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको छु । तर, सम्बन्धीत पक्ष आँखा चिम्लिएर बसेको उनको आरोप छ ।

अनुदान पनि बैंक, व्यापारिक घराना र मारवाडीहरुले सेटिङमा दुरुपयोग गर्दा वास्तविक कृषकले अनुदान पाएका छैन । यो सबै राष्ट्र बैकको तथ्यांकमा रहेको प्रसाईको दाबी छ ।

देशको कुल निक्षेपको ७० प्रतिसतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको छ । चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेको प्रसाई बताउँछन् ।

यस्तै, अहिले नै यतिकै बोल्न मिल्दैन । यस्तो विषयमा अध्ययन गरिने राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् ।

विगतदेखि क्षमताभन्दा धेरै बैंकहरुले अन्तरबैंक, केही व्यापार र सिमित व्यापारीमा पैशा लगानी गरेको गुनासो राष्ट्र बैंकमा आएको उनको भनाइ छ ।

केही मारवाडीहरुले नेपाली जनतासँग उठाएको रकम सुन तस्करीका लागि यूएई र हङकङमा कार्यालय खोलेर कारोवार गदै आएको प्रहरीले जनाएको छ । यसरी सुन तस्करीमा संलग्न एक दर्जनभन्दा धेरै मारवाडी व्यापार अहिले भागेर दिल्ली र यूएईमा लुकेर बसेको प्रहरीले जनाएको छ ।

बैंकर संघ पनि स्वीकार छ

प्रसाईले भनेजस्तै, बैंकर संघका एक अधिकारीका अनुसार व्यापारिक घरानाहरु, मारवाडी व्यापारी र केही बैंकहरुले ३२ देखि ३७ खर्ब पैशा विदेश लगेका छन् । यो पैशा सुन तस्करी, डलर तस्करी, हुन्डी व्यापार र अन्य अवैध व्यापारका लागि बाहिरिएको उनको भनाइ छ ।

ती अधिकारीकाअनुुसार यो पैशा तत्काल भित्रिने अवस्था नभएका कारण नीजि बैक संकटमा परेका छन् । अहिले बजारमा हल्ला र चर्चा भएजस्तै केही व्यापारिक घराना, मारवाडी र बैंक सञ्चालकले क्षमताभन्दा बढी ऋण लिएका कारण नीजि बंैक समस्यामा फसेको उनको दाबी छ । उनी लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गदै आएका छन् ।

रोजगारी सिर्जना, उत्पादन अभिवृद्धि र उद्यमशीलता विकासका लागि नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत प्रवाह भएको कृषि ऋण घरजग्गा खरिद गर्न, होटल सञ्चालन गर्ने गाडी, मोटरसाइकल किन्नलगायत अनुत्पादक क्षेत्रमा लगानी भएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

यो क्षेत्रमा कति लगानी भएको छ भन्ने विषयमा बैंकको अध्ययनमा प्रष्ट भनिएको छ । तर, राष्ट्र बैंकले समेत व्यापारिक घराना र मारवाडीलाई नीजि बैंकहरुले धेरै लगानी गरेको संकेत गरेको छ ।

पछिल्लो समयमा नीजि व्यापारीले क्षमताभन्दा बढी ऋण बैंकले सिमित व्यापारीमा लगानी गरेका कारण नीजि बैंक आर्थिक संकटमा परेको बताउँदै आएका छन् ।

प्राइभेट बैंकले धेरै व्याज दिन्छ तर विश्वासनियता नभएको सेवाग्राहीको गुनासो छ । बैंकले ब्याजभित्र पनि नाफा खाँदै आएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै बोल्दै आएका छन् ।

विदेशी मुद्रा सञ्चितिको चरम अभाव, चर्को महँगी र अत्यावश्यक सामग्रीको अभावका कारण श्रीलंकाले इतिहासमै सबैभन्दा नाजुक आर्थिक स्थितिको सामना गरिरहेको छ ।

नेपाललगायत छिमिकी मुलकहरू भारत, पाकिस्तान, श्रीलंका, भुटान आदि मुलुकका अर्थतन्त्रमा पनि यसको गहिरो असर परेको छ । सबैभन्दा बढी श्रीलंका र त्यहाँका बासिन्दाहरूले भोगेको आर्थिक तथा मानवीय समस्या अहिलेको चर्चाको विषय बनेको छ ।

विशेषतः पूर्वी युरोपका प्रमुख दुई राष्ट्र रूस र युक्रेनबीच चलिरहेको युद्धले विश्वव्यापी मूल्यवृद्धि र इन्धन संकटलाई निम्त्याएको छ । यसको प्रभाव विकसित मुलुकको दाँजोमा अल्पविकसित र विकासशील देशमा बढी परेको छ ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु