गृहपृष्ठ सहकारीलाई छुट्टै निकाय बनाएर नियमन गर्दै राष्ट्र बैक
सहकारीलाई छुट्टै निकाय बनाएर नियमन गर्दै राष्ट्र बैक
राष्ट्र बैंकले सहकारीका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गरी नियमन गर्ने तयारी थालेको छ ।
पछिल्लो समय सहकारीका कारण नेपालमा आर्थिक ठगिका घटना बढे पछि राष्ट्र बैंकले सहकारीलाई विशिष्टिकृत नियामक निकाय बनाएर नियन्त्रण गर्न लागेको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०÷८१ मा यस्तो व्यवस्था गर्न लागेको पाइएको छ ।
सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीति तथा आर्थिक वर्ष २०८०÷८१ को नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार एउटा सहकारीले ४० अर्ब रुपैयाँ ठगि गरेर भागेको सूचना आएको छ । यस्ता समस्यालाई प्रहरीले नियम गदै आएको बैंकको भनाइ छ ।
पछिल्लो समय देशभरका सहकारी संकटमा छन् । अधिकांश सहकारी संस्थाहरू बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा राष्ट्र बैंकले सहकारी नियमन गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।
मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । साथै सहकारीलाई पनि बैंक तथा लघुवित्त सस्थाकै दायरामा ल्याउन तयारी बैंक छ ।
पछिल्लो अवस्था हेर्दा सहकारीको बढ्दो विकृत्ति रोक्न पनि छुट्टै नियम निकाय आवश्यक रहेको नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन् । सहकारी पनि आर्थिक क्षेत्रको एउटा महत्वपुर्ण पाटो भएका कारण सरकारले निगमन गरी नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उनले औल्याएका छन् ।
राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्नुपर्ने देखिएको नेपाल राष्ट्र बैंकले जनाउँदै आएका छन् ।
ठगिका कारण आन्दोलन
आर्थिक ठगिमा परेको भन्दै सहकारी पीडितहरु लामो समयदेखि आन्दोलित छन् । पीडितका केही समूहहरु अहिले पनि माईतीघरमा आन्दोलनरत छन् ।
देशका विभिन्न जिल्लाका सहकारी पीडितहरू काठमाडौंमा सडकमै सुतिरहेका छन् । न्याय माग्दै विरोध प्रदर्शन गरी रहेका पिडित माइतीघरमा सडकमै खाएर सडकमै सुत्दै आएका छन् ।
सहकारी ठगि गरेर भागेपछि घरवार गुमाएका पीडितहरु न्याय नपाएसम्म काठमाडौं नछोडने भन्दै दैनिक आन्दोलन गरिरहेका छन् ।
गत आर्थिक वर्षमा सहकारी संस्थाले ठगि गरेको भन्दै ३ हजारभन्दा पीडितले उजुरी गरेको सहकारी विभागले जनाएको छ । यो आर्थिक वर्षमा २०–३० अर्ब विगो दाबीसहितको उजुरी परेको विभागले जनाएको छ ।
अघिल्लो आवको ७ अर्ब ३९ करोड ३५ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दावी सहित मुद्दा दर्ता भएको थियो ।
आर्थिक वर्ष २०७४÷७५ मा ५ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा १ करोड १२ लाख ६४ हजार रुपैयाँ बराबरको बिगो दावी सहित प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने व्यक्तिमध्ये ६ जना पुरुष थिए भने १ जना महिला रहेको थियो ।
यस्तै, आव २०७५÷७६ मा ६ वटा मुद्दा दर्ता भएको थियो । सो आवमा कुल ७६ लाख ५४ हजार ९३० बिगो दावीसहित ६ जना पुरुष र २ जना महिला गरि कुल आठ जना व्यक्ति पक्राउ गरेका थिए ।
यसैगरी, आर्थिक वर्ष २०७६÷७७ मा २६ करोड १२ लाख १८ हजार रुपैयाँ बिगो दावी माग सहित आठ वटा मुद्दा दर्ता भएको विभागको तथ्यांकमा छ । सो घटनामामा १३ जना व्यक्ति पक्राउ गरेका थिए । पक्राउ पर्नेमध्ये ९ जना पुरुष र ४ जना महिला थिए ।
आर्थिक वर्ष २०७७÷७८ मा भने सबैभन्दा धेरै अर्थात ७७ जना सहकारी ठगी मुद्दामा पक्राउ गरेका थिए । यो आवमा कुल १ अर्ब ११ करोड ४५ लाख १२ हजार रुपैयाँ बराबरको बिगो माग दावी सहित २० वटा मुद्दा दर्ता भएको थियो । गत आव २०७८÷७९ मा भने कुल ४७ जना सहकारी ठगी मुद्दामा पक्राउ गरेका थिए । सो आवमा सहकारी ठगी सम्वन्धी १५ वटा मुद्दा दर्ता भएको विभागको तथ्यांकमा छ ।
गत आवमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले बचतकर्ताको अर्बौ पैसा हिनामिना गरेको मुद्दा गत आवमा दर्ता भएको थियो ।
उनी विरुद्ध ७ अर्ब रुपैयाँ भन्दा बढी बिगो सहित मुद्दा दर्ता भएको थियो, त्यसले गर्दा गत आवमा यस्तो रकम बढी हुन गएको थियो । गत आवमा प्रहरी सहकारी ठगी मुद्दामा ठुलो ठगि प्रकरणका ५५ जनालाई पक्राउ गरेको थियो ।
पछिल्लो समय सहकारी ठगीको घटना बेग्रल्ती बढ्दै गएको छ । आर्थिक संकटका कारण यस्तो ठगीको घटना बढेको सहकारी विभागले जनाएको छ ।
साथै, पछिल्लो समय देखिएको तरलता अभावको समस्या सहकारीहरुमा पनि देखिएको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । सहकारीका संचालकहरुमा बढी महत्वकांक्षा हुँदा पनि ठगी बढ्दै गएको पनि विभागले औल्याएको छ ।
प्रकाशित समय : १३:३३ बजे



















