global ime bank Long Banner Ad

गृहपृष्ठ भक्तपुरका महत्वपूर्ण पर्यटकीय स्थल (फोटोफिचर)

भक्तपुरका महत्वपूर्ण पर्यटकीय स्थल (फोटोफिचर)

भक्तपुरका महत्वपूर्ण पर्यटकीय स्थल (फोटोफिचर)

भक्तपुर नगरको सबैभन्दा ठुलो सिद्ध पोखरी १५ औँ शताब्दीमा राजा यक्ष मल्लले यस पोखरीको निर्माण गराएका थिए । भक्तपुर शहरको पश्चिम अर्थात दुधपाटीमा अवस्थित सिद्ध पोखरीको प्रथम जिर्णोद्धार विक्रम संवत् १८२१ सालमा भीमसेन थापाबाट भएको १९३६ को शिलापत्रमा उल्लेख भएको पाइन्छ ।

त्यस्तै वि.सं. १९३५ सालमा रणोद्दीप सिंहबाट उक्त तलाउको पर्खाललगायत घाँसहरू सफा गरिएको उक्त शिलालेखमा उल्लेख छ। त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेर र वि. सं. २०१५ सालमा राजा महेन्द्रले पनि सो पोखरीको जीर्णोद्धारा गराएको इतिहासमा उल्लिखित छ ।

पछिल्लो पटक २०५२ सालमा जिर्णोद्धार गरिएको यस पोखरी भक्तपुर नगरपालिकाको प्रत्यक्ष निगरानीमा रहँदै आएको छ।

आयतकार आकारमा रहेको पोखरी १ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ छ । यस पोखरीलाई इन्द्र दह समेत भनिन्छ जहाँ इन्द्रजात्राको भोलीपल्ट मेला लाग्ने गर्दछ ।

सिद्धपोखरी जिल्लाकै सवैभन्दा ठूलो पोखरी हो। भक्तपुर नगरका सानाठूला ३४ पोखरीहरुमध्ये यो सबैभन्दा आकर्षक अनि ठूलो पोखरी हो। पोखरीको चारैतिर परम्परागत रुपमै पर्खालले घेरिएको छ। पोखरीमा माछा पालेर राखेकाले पनि यो थप आकर्षको केन्द्र बनेको छ।

 

पोखरी तथा बगैंचा हेरचाहका लागि मात्रै भक्तपुर नगरपालिकाले त्यहाँ तीन जना कर्मचारी र सुरक्षाका लागि दुई जना गार्डलाई खटाउँंदै आएको छ। पोखरी घुम्न सामान्य दिनमा मात्रै पनि दैनिक हजारौं प्रकृतिप्रेमी पोखरी पुग्छन् । सिद्धपोखरीमा नुहाउन, लुगा, धुन, पशु चौपाया पसाउन र माछा मार्न निषेध छ

भक्तपुर दरबार क्षेत्र

भक्तपुर दरबार क्षेत्रमा इँटा र काठले बनाइएको ५५ झ्याले दरबार र दरबारवरिपरि रहेका प्यागोडा शैलीका मन्दिरहरूको समष्टिलाई भक्तपुर दरबार क्षेत्रले प्रतिबिम्बित गर्छ। ५५ झ्याले दरबारको अगाडि कुनामा एक तल्लामाथि ठूलो घण्टा झुन्डाइएको छ, जुन रणजित मल्लले स्थापना गरेको अभिलेख पनि त्यसैमा कुँदिएको छ।

ठूलो घण्टासँगै शिखर शैलीको ढुंगाको मन्दिर, ५५ झ्यालको कुनामा रहेको दुर्लभ जीवजन्तुको मूर्तिसहितको शिखर शैलीको ढुंगाका मन्दिर र भक्तपुर नगरपालिका जानेबाटोमा पर्ने १ तल्ले छाना भएको रातो मन्दिरलाई ३ वत्सलाको मन्दिर भन्ने चलन छ।

दरबार क्षेत्रको भ्रमणमा जाने व्यक्तिहरूका लागि ठूलो आकर्षणका रूपमा रहेको छ, वत्सला दुर्गा मन्दिर। भक्तपुरमा रहेका प्यागोडा मन्दिरहरू र भवनहरू विविध विशेषता, विविध संस्कृति र परम्परालाई प्रतिबिम्वित गर्न सफल देखिन्छन्।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु