गृहपृष्ठ पाँचथरको हेवाखोलामा स्थानीयको श्रमदानमा डाइभर्सन निर्माण
पाँचथरको हेवाखोलामा स्थानीयको श्रमदानमा डाइभर्सन निर्माण
पाँचथरको हेवाखोलामा डाइभर्सन निर्माण गरिएको छ ।
बाढीले हेवाखोलाको पुल बगाएपछि आवतजावत बन्द भएकोमा स्थानीयले श्रमदान गरी डाइभर्सन बनाएका हुन् । फालेलुङ गाउँपालिकाको पहलमा श्रमदान र सहयोग रकम जुटाएर फिदिमसँगको यातायात सम्पर्क जोडिएको हो ।
पालिकाले विभिन्न दाताको सहयोगबाट २३ लाख रुपैयाँ जुटाएर डाईभर्सन बनाएको हो । काम सुरु गरेको ११ दिनमा डाईभर्सन निर्माण कार्य पूरा भएको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए ।
यही असार २ गतेको बाढीले पुल बगाएको थियो ।
प्रकाशित समय : ०९:४६ बजे



















