गृहपृष्ठ बालकृष्ण खाँणलाई निलम्बन गर्न काँग्रेस केन्द्रीय सदस्यहरुले आवाज उठाउने
बालकृष्ण खाँणलाई निलम्बन गर्न काँग्रेस केन्द्रीय सदस्यहरुले आवाज उठाउने
बालकृष्ण खाँणलाई निलम्बन गर्न काँग्रेस केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय समिति बैठकमा आवाज उठाउने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी उनीहरुले गरेका हुन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए । पक्राउ परेदेखि नै उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज काँग्रेसमा उठ्दै आएको छ ।
तर गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँणलाई काँग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।
प्रकाशित समय : ०९:५८ बजे




















