nmb bank

गृहपृष्ठ भारतको शिमलामा पहिरोले एकै परिवारका ३ नेपालीको ज्यान लियो

भारतको शिमलामा पहिरोले एकै परिवारका ३ नेपालीको ज्यान लियो

भारतको शिमलामा पहिरोले एकै परिवारका ३ नेपालीको ज्यान लियो

भारतको हिमाचल राज्यको शिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ । शिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार बिहान गएको पहिरोमा परी रुकुम पश्चिमका ३ जनाको मृत्यु भएको हो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर–९ खहरे, टुमीबोटका दीपबहादुर वली, श्रीमती भीमा वली र छोरा मोहन वलीको पहिरोमा परी मृत्यु भएको हो ।

केही दिनयता हिमाचललगायत उत्तर भारतका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढी/पहिरोले जनधनको क्षति गरेको छ ।

प्रकाशित समय : ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु