global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्युच्टार, काठमाडौ स्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु