global ime bank Long Banner Ad

गृहपृष्ठ बालुवाटारमा सत्तागठबन्धन छलफलमा

बालुवाटारमा सत्तागठबन्धन छलफलमा

बालुवाटारमा सत्तागठबन्धन छलफलमा

सत्ता साझेदार ७ दलको बैठक बालुवाटारमा जारी छ । केही बेरअघि सुरू भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी पनि बैठकमा सहभागी छन् । काँग्रेस उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे माओवादी केन्द्रका महासचिव देव गुरूङ र प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन् ।

कोशी प्रदेशमा सत्ता गठबन्धनले सरकार बनाउने तयारी गरिरहेको छ। त्यहाँ सरकार गठनका लागि आह्वान भएको पाँच दिनको समयसीमा आज सकिँदैछ । यी लगायतका विषयमा बैठक केन्द्रीत बनेको छ ।

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु