global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अनुचित लेनदेनविरुद्धका उजुरीमाथि छलफल सुरु

अनुचित लेनदेनविरुद्धका उजुरीमाथि छलफल सुरु

अनुचित लेनदेनविरुद्धका उजुरीमाथि छलफल सुरु

अनुचित लेदनदेनविरुद्ध परेका उजुरीमाथि जिल्ला प्रशासन कार्यालय चितवनले छलफल सुरु गरेको छ । गत जेठ १४ गतेसम्म परेका उजुरीमाथि दुवै पक्षलाई राखेर छलफल सुरु गरिएको कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठले जानकारी दिए ।

कार्यालयमा ९२ जनाले अनुचित लेनदेन (मिटर ब्याज)विरुद्ध उजुरी दर्ता गरेका छन् । दर्ता भएका उजुरीलाई अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा पठाइएको थियो । आयोगले उजुरीमाथि छलफल चलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले पीडित र पीडक दुवै पक्षलाई राखी छलफल सुरु गरेको हो ।

उनका अनुसार अहिलेसम्म २३ वटा उजुरीमाथि छलफल भएकोमा दुईवटाको मिलापत्र भइसकेको र अन्य उजुरीको छलफलका क्रममा छन् । कार्यालयमा पीडितले ६० वटा र पीडकले ३२ वटा उजुरी दर्ता गराएका छन् । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग २०७९ ले गत जेठ १४ गतेसम्म उजुरी दर्ता गराउन आह्वान गरेको थियो ।

यसअघि गृह मन्त्रालयले २०७९ साल साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याज पीडितविरुद्ध उजुरी दिन भनेको थियो । तत्कालीन समयमा २५ जनाले उजुरी दर्ता गराएकोमा एउटा उजुरीको छलफलबाट टुङ्गो लागेको छ भने अन्य २४ वटा अवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको थियो ।

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु