गृहपृष्ठ मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा
मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा
मल्टीपर्पस फाइनान्स लिमिटेडको ४० हजार ११३ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले असार १८ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
इच्छकु खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा के कति कित्ता खरीद गर्ने हो सो समेत खुलाई आवेदन दिनुपर्ने भनाई कम्पनीको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रकाशित समय : १४:१७ बजे


















