global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ डा. दिलजनको क्लिनिक बन्द

डा. दिलजनको क्लिनिक बन्द

डा. दिलजनको क्लिनिक बन्द

काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ । मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो । यो क्लिनिक डा. दिलजन मन्सुरले सञ्चालन गर्दै आइरहेका छन् ।

ती रोगहरू निको बनाउने नाममा ‘लो कार्ब डाइट’ सञ्चालन गरिरहेको क्लिनिक मापदण्ड अनुसार सञ्चालन नभएको पाइएपछि सिल गरिएको महानगरले जनाएको छ।

प्रकाशित समय : ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु