गृहपृष्ठ उदयपुरमा सप्तकोशीको तीव्र कटान, बेलका उच्च जोखिममा
उदयपुरमा सप्तकोशीको तीव्र कटान, बेलका उच्च जोखिममा
सप्तकोशी नदिले उदयपुरको बेलका नगरपालिकामा कटान गर्न थालेको छ । पालिकाको ८ नम्बर वडा तर्फ करिव २५ मिटर कटान गरेको बेदलाका नगरपालिकाकी उपमेयर जिरा राईले जानकारी दिएकी छिन् ।
सप्तकोशीले गत वर्षबाट पश्चिम पट्टिको भागमा कटान गर्न थालेको थियो । यो वर्ष गत वर्ष कटान गरेको क्षेत्र भन्दा माथिको भू–भागमा कटान भएको उप प्रमुख राईले न्युज कारोबारलाई जानकारी दिईन् ।
‘कोशीले अहिले सम्म २५ मिटर भन्दा बढी कटान गरिसकेको छ, गत बर्ष कटान गरेको ठाउँमा भन्दा माथिको ठाउँमा कटान भएको हो’, राईले भनिन्, ‘यदि कोशी बस्तीमा पस्यो भने करिब १३ सय घरधुरी प्रभावित हुन्छन् ।’ नदीले धार परिवर्तन गरे वडा नम्बर ८, ९ वडाको सिमालटार, धौरी, वडा नम्बर ३ को दुर्गा बन्दी,भाटे पुल मिलन चोक, एबीसी टप्पु, बुधबारे लगायतका गाउँ प्रभावित हुने छन् ।
गत वर्ष कटान गरेको क्षेत्रमा अहिले कुनै समस्या नभएको उप प्रमुखले जानकारी दिएकी छिन् । ‘गत वर्ष कटान गरेको क्षेत्रमा अहिले सम्म कुनै समस्या छैन’, उप प्रमुख राईले भनिन्, ‘तर, भोलिको दिनमा पनि त्यसैले थेग्छ भन्ने होईन ।’ यो वर्ष कटान गरेको क्षेत्रमा पनि ढुङ्गालगाएर पानीको वहाव रोक्ने काम भैरहेको उप मेयरले न्युज कारोबारसँगको कुराकानीमा भनिन् । ‘हिजोबाट बेलकामा कटान सुरु भएको हो तर हामीले कटान नियन्त्रणमा लागेकोले अहिले केही हदसम्म नियन्त्रणमा आएको छ’, राईले भनिन्, ‘हामीले कोशी भित्र कुनै काम गर्न नपाउने भएकाले समस्या आएको हो ।’
पालिकाको कोशी भित्र स्काईबेटर लगाएर धार परिवर्तन गर्ने योजना रहेकोमा तर त्यहाँ काम गर्ने नपाईने भएकाले त्यसमा समस्या आएको उपमेयर राईले बताईन । ‘हामीले केशीमा केही पनि गर्नु पाउँदैन’, उनले भनिन्, ‘हामीले केही थुनछेक बाहेक केही पनि गर्ने पाइदैन ।’
प्रकाशित समय : १९:२९ बजे



















