गृहपृष्ठ १४ अंकले घट्यो शेयर बजार, साँढे ३ अर्बको कारोबार
१४ अंकले घट्यो शेयर बजार, साँढे ३ अर्बको कारोबार
साताको चौंथो कारोबारको दिन नेप्से परिसुचक १४ दशमलव ०५ अंकले घटेको छ । हिजो सामान्य अंकले बछेको शेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसुचक शुन्य शदमलव ६८ प्रतिशतले ओरालो लागेर २०५० को विन्दुमा पुगेको छ ।
आज दिनभरिमा ५९ हजार ८ सय १३ कारोबारबाट २७१ कम्पनीका ८६ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर किनबेच भएक छन् । जसबाट आज भएके सम्पूर्ण कारोबार रकम ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २ सय ६० पुगेको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोडको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको १९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रकाशित समय : १५:१३ बजे



















