गृहपृष्ठ मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफले एफपीओ जारी गरेर ५ पूँजी पुर्याउदै

मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफले एफपीओ जारी गरेर ५ पूँजी पुर्याउदै

मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफले एफपीओ जारी गरेर ५ पूँजी पुर्याउदै

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई मर्जर प्रयोजनको लागि नेपाल बीमा प्राधिकरणले जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको छ । स्वीकृत पाएसंगै इन्स्योरेन्सले एफपीओ जारी गर्ने भएको छ ।

दुबै कम्पनीले असार भित्रै एकीकृत कारोबार गर्ने गरी संयुक्त मर्जर कमिटी, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागेका छन् ।

प्रभु लाइफको बोनस शेयर जारी पछि मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ जारी गर्ने कम्पनीले जनाएको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाइफको देशभर १६७ शाखा उपशाखा संचालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन् ।

यस्तै संयुक्त मर्जर समितिले दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा एकीकृत कारोबार पछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडू को लोगो सार्वजनिक गरेको छ ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु