गृहपृष्ठ सुनको मूल्यमा वृद्धि, कति पुग्यो बजार भाउ ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो बजार भाउ ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो बजार भाउ ?

आइतबार सुनको मूल्य २ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार ८०० सय रुपैयाँले घटेको सुनको भाउ आज भने वृद्धि भएको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आइतबार१४ सय ४५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु