गृहपृष्ठ पाँचथर र ताप्लेजुङमा बाढी–पहिरोका कारण जनजीवन अस्तव्यस्त (फोटो फिचर)
पाँचथर र ताप्लेजुङमा बाढी–पहिरोका कारण जनजीवन अस्तव्यस्त (फोटो फिचर)
गए रातीदेखि परेको वर्षाका कारण ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।

भने, अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ ।

यस्तै, मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।
तस्वीर सामाजिक सञ्जालबाट
प्रकाशित समय : १०:२१ बजे



















