global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीले हेवा खोला पुल बगायो, मेची राजमार्ग अवरुद्ध

बाढीले हेवा खोला पुल बगायो, मेची राजमार्ग अवरुद्ध

बाढीले हेवा खोला पुल बगायो, मेची राजमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले पाँचथरस्थित मेची राजमार्गको एक पक्की पुल बगाएको छ । ​राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा अविरल वर्षापछि आएको बाढीले पुल बगाएको प्रहरीको भनाइ छ । जसका कारण मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ताप्लेजुङ, झापासमेत जोड्ने मेची राजमार्ग सडक खण्ड अवरुद्ध भएको हुँदा आम सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

साथै तमोर करिडोरका विभिन्न स्थानहरूमा सडक अवरुद्ध भएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु