गृहपृष्ठ नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीका छोरा सन्दीपको बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीका छोरा सन्दीपको बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका छोरा सन्दीपका तर्फबाट बहस सुरु भएको छ ।
प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् । शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस सकेपछि आइतबार सन्दीपको तर्फबाट भट्टराईले बहस सुरु गरेका हुन् ।
सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ ।
प्रकाशित समय : १२:०६ बजे



















