गृहपृष्ठ सुदूरपश्चिमको नाम खप्तड थरुहट राख्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको माग
सुदूरपश्चिमको नाम खप्तड थरुहट राख्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको माग
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका हुन् ।
प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधनगर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् ।
‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहान्छु, लोगो मात्र फेरिएर हुँदैन,’ चौधरीले भने, ‘प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृती झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ ।’
प्रकाशित समय : १०:५० बजे



















