गृहपृष्ठ वीर अस्पतालमा ब्रेन ट्युमर केन्द्र सञ्चालनमा, एक साताको लागि निःशुल्क शल्यक्रिया
वीर अस्पतालमा ब्रेन ट्युमर केन्द्र सञ्चालनमा, एक साताको लागि निःशुल्क शल्यक्रिया
वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको छ । बिहिवार ‘वल्र्ड ब्रेन ट्युमर डे’ को अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा। भुपेन्द्रकुमार बस्नेतले ब्रेन ट्युमर केन्द्रको उद्घाटन गरेका थिए ।
अस्पतालले केन्द्र स्थापनाको उपलक्ष्यमा अबको एक साता ब्रेन ट्युमरका बिरामीलाई निःशुल्क शल्यक्रियाको सेवा दिने घोषणा समेत गरेको छ ।
अहिले ६ जना न्युरो सर्जनको समूह रहेको वीरले वर्षेनी ७०० भन्दा बढी शल्यक्रिया गर्दै आएको छ ।
प्रकाशित समय : १६:१८ बजे


















