गृहपृष्ठ डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दै
डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्दै
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर भएपश्चात असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
यी दुई कम्पनी एकआपसमा गाभिएपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार भएका हुन् ।
दुवै लघुवित्तको गत फागुन ३० गते बसेको वार्षिक साधारण सभाले प्राप्ति गर्ने प्रस्तावलाई पारित गरेका थिए ।
गत चैत १३ गते दुई लघुवित्त वित्तीय संस्थाले प्राप्तिसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । डिप्रोक्सले आदर्श लघुवित्तलाई १ः१ शेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।
प्रकाशित समय : १४:३२ बजे



















