गृहपृष्ठ मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु
मिनीट्रकको ठक्करबाट वृद्धको मृत्यु
काभ्रेको बनेपा नगरपालिका १३ मा मिनीट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय छेवाङ तामाङ रहेका छन् ।
बा ४ ख ४२९४ नम्बरको मिनिट्रकको ठक्करबाट गम्भीर घाइते भएका तामाङको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिइसकेको छ ।
प्रकाशित समय : १४:२५ बजे



















