global ime bank Long Banner Ad

गृहपृष्ठ शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जित्यो

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जित्यो

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जित्यो

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।

दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्बलसँग गोलरहित बराबरी गरे पनि चर्च ब्वाइज च्याम्पियन बन्न सफल भएको हो । बराबरीसँगै चर्च ब्वाइजको २५ खेलमा ४५ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको ३९ अङ्क छ । दुई खेल कम खेलेको मच्छिन्द्रले अब दुई वटै खेल जिते पनि ४५ अङ्क नै हुनेछ तर गोल अन्तरका आधारमा चर्च ब्वाइज नै अगाडि हुनेछ । आज चर्च ब्वाइज च्याम्पियन बन्दा थ्री स्टारलाई भने रेलिगेशनको डर कायमै छ ।

थ्री स्टार २९ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । अब रेलिगेशनबाट बच्न थ्री स्टारले आफ्नो अन्तिम खेल जितेर मात्र पुग्ने छैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।
शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोहि कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो ।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु