global ime bank Long Banner Ad

गृहपृष्ठ खप्तडमा रामदेवले प्रचण्डलाई वास्तविक कम्युनिष्ट भनेपछि..

खप्तडमा रामदेवले प्रचण्डलाई वास्तविक कम्युनिष्ट भनेपछि..

खप्तडमा रामदेवले प्रचण्डलाई वास्तविक कम्युनिष्ट भनेपछि..

खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार एक कार्यक्रमकाबीच आध्यात्मिक उद्घाटन गरे ।

योग गुरु रामदेवले प्रधानमन्त्री दाहालको निकै प्रसंशा गरे । उनले दाहाललाई शान्ति र क्रान्तिका नायक समेत भन्न भ्याए । प्रधानमन्त्री दाहाल वास्तविक कम्युनिष्ट भएको समेत रामदेवले बताएका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै योग गुरु रामदेवले आफू खप्तडको विकास र प्रचार तथा प्रवद्र्धनको लागि ब्राण्ड एमबेस्डर बन्न इच्छुक रहेको समेत जानकारी गराएका थिए ।

उनी पश्चिमी नाका गड्डाचौकीबाट खप्तडका लागि नेपाल प्रवेश गरेका थिए । सम्मेलन उद्घाटनका क्रममा सुदूरपश्चिमको पहिचान झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । स्थानीय युवायुवतीले मौलिक पोशाकमा सजिएर कार्यक्रमको आकर्षण बढाएका थिए ।

पछिल्लो समयमा प्रधानमन्त्री दाहाल धार्मिक कार्यक्रममा खुबै हिंडने गरेका छन् । गत साता भारत भ्रमणका क्रममा भारतको इन्दौरमा एक सय ५ किलोको रुदाक्षको माला समेत मन्दिरमा चढाएका थिए ।

आफुैलाई क्रान्तिकारी कम्युनिष्ट नेता मान्ने प्रचण्ड धार्मिक कुरीतिको विपक्षामा वकालत समेत गदैँआएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले हिन्दुधर्मकै कारण नेपालमा विकास नभएको अभिव्यक्ति दिएर विवादमा समेत तानिएका थिए । नेपालमा गणतन्त्र आएपछि माओवादीकै नाममा कतिपय जनजातिहरु हिन्दु मन्दिरमा गाई समेत काटेर खाएका थिए ।

तीनै प्रचण्ड पछिल्लो समयमा गालाभरी माला लगाएर आध्यात्मिक मोह देखाउन थालेका छन् । गत साता भएको भारत भ्रमणमा होस अथवा नेपालभित्र हुने धार्मिक कार्यक्रममा होस । प्रचण्डको आध्यात्मिक मोह बढेको देखिन्छ । प्रचण्डको आध्यात्मिक मोह देखेर कतिपय माओवादीका नेताहरुपनि चकित भएको बताउने गरेका छन् ।

नेपाल अहिले धर्मनिरपेक्ष घोषणा भएको देशभित्र पर्छ । तर, यहाँ करिब ८० हिन्दु धर्म मान्ने नागरिक छन् । यो देशलाई धर्मनिरपेक्ष घोषणा गरेको भन्दै कतिपय हिन्दुवादी संघसस्थाले अहिलेपनि हिन्दुराज्यको माग गदै आएका छन् ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु