global ime bank Long Banner Ad

गृहपृष्ठ शेयर बजारमा सुधार,कारोबार रकम १ अर्ब ९८ करोड

शेयर बजारमा सुधार,कारोबार रकम १ अर्ब ९८ करोड

शेयर बजारमा सुधार,कारोबार रकम १ अर्ब ९८ करोड

मंगलबार शेयर बजारमा केही सुधार आएको छ । सोमबार १७ अंकले ओरालो लागेको शेय बजार आज भने २५ दशमलव ६६ अंकले बढेको छ । आज नेप्से परिसुचक १ दशमलव ३५ प्रतिशतले बढेर १९२७ दशमलव ६५ को विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको बारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८७ अंकले वृद्धि भएको छ । आज दिनभर भएका ३६ हजार १ सय १८ कारोबारबाट २६९ कम्पनीका ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता शेयर किनबेच भएका छन् ।

यो आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय १ पुगेको छ । कारोबार रकम हिजोको तुलनामा आज १ लाखले वृद्धि भएको हो ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु