global ime bank Long Banner Ad

गृहपृष्ठ कोशीमा एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिने पक्षमा राप्रपा

कोशीमा एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिने पक्षमा राप्रपा

कोशीमा एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिने पक्षमा राप्रपा

कोशी प्रदेशमा राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्प तत्काल नखोज्ने बताएको छ । मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरता दिने बताइएको छ ।

राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति सिटौलाले राप्रपाले अहिलेकै सरकारलाई दिने जानकारी दिए । एमाले नेतृत्को सरकारको निरन्तरताका विषयमा राप्रपा सकारात्मक भएको प्रष्ट पारे ।

एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष निकालेको हो । बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरू फिर्ता गराउने तयारी गरिरहँदा माओवादीबाहेक सरकारमा रहेका दलहरूको बैठक बसेको हो ।

कोशी प्रदेश सरकारमा एमालेसहित राप्रपा, माओवादी सहभागी छन् । सत्ता साझेदार माओवादीलाई सोमबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रले निर्देशन दिइसकेको छ । भने, प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गरिसकेको छैन ।

 

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु