global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उत्तरी मेक्सिकोमा गोली लागि १० जनाको मृत्यु

उत्तरी मेक्सिकोमा गोली लागि १० जनाको मृत्यु

उत्तरी मेक्सिकोमा गोली लागि १० जनाको मृत्यु

उत्तरी मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

‘सिभिल फोर्सका कर्मचारीलाई तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए’, नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् । दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् ।

राजमार्ग भएको उक्त आक्रमण सङ्गठित अपराधमा संलग्न समूहले गरेको हो । आक्रमण हिंसा प्रभावित क्षेत्र न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेका छन् ।

सन् २००६ मा मेक्सिको सरकारले लागुऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा बढी हत्या, करिब एक लाख बेपत्ताका घटना भएका छन् । ती दुवै घटनामा सङ्गठित आपराधिक गिरोह जिम्मेवार रहेको सरकारले बताउँदै आएको छ ।

प्रकाशित समय : ०८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु