global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख १८६३ नम्बरको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु