गृहपृष्ठ यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका, दिउँसो १ बजे भारत प्रस्थान गर्ने
यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका, दिउँसो १ बजे भारत प्रस्थान गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिँसो १ बजे भारत प्रभणको लागि प्रस्तान गर्ने भएका छन् । ४ दिनको लागि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भारत प्रस्तान गर्नु अधि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा १२ः२५ मा पत्रकार सम्मेलन गर्ने छन् ।
प्रधानमन्त्री दाहाल भारतको नयाँदिमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । त्यसपछि दिउँसो साढे ३ बजे भारत सरकारले व्यवस्था गरेको होटल मौर्यमा पुग्ने छन् ।
उक्त होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टा छुट्टै भेटवार्ता गर्ने प्रधानमन्त्रीको कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय तय भएको छ ।
प्रधानमन्त्री दाहालेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भोली अर्थात जेठ १८ गते बिहान ११ बजे हैदराबाद हाउसमा भेटवार्ता हुने कार्यतालीका छ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन् ।
बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । त्यही दिन दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रचण्ड सहभागी हुने भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने कार्यतालीका रहेको छ ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा समेत प्रधानमन्त्री दाहाल पुग्ने छन् । उक्त समारोहमा भारतमा रहेका नेपाली समुदायसँग प्रधानमन्त्रीले भेटघाट गर्ने छन् ।
प्रधानमन्त्रीको भ्रमणको तेस्रो दिन शुक्रबार (जेठ १९ गते) प्रधानमन्त्री मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जाने कर्यातालीका छ ।
अन्तिम दिन (जेठ २० गते) शनिबार इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गरि १ बजे नयाँदिल्ली फर्किने प्रचण्डको कर्यतालीका छ । सोही दिन नयाँदिल्लीबाट अपराह्न ४ः२० को उडानबाट काठमाडौँ आउने प्रधानमन्त्री प्रचण्डको कर्यतालीका छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रचण्डकी छोरी गंगा दाहाललगायत सहभागि रहने छन् ।
प्रकाशित समय : ०७:५४ बजे




















