गृहपृष्ठ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण लगायतबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको पाइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८० र ०८१ को बजेट ल्याउँदै छ भने जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन्।
प्रकाशित समय : ११:१४ बजे

















