nmb bank

गृहपृष्ठ काठमाडौंमा आजदेखि सम्पदा बस सेवा सुरु हुँदै

काठमाडौंमा आजदेखि सम्पदा बस सेवा सुरु हुँदै

काठमाडौंमा आजदेखि सम्पदा बस सेवा सुरु हुँदै

आजदेखि काठमाडौं उपत्यकामा सम्पदा बस सञ्चालनमा आउने भएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरुको दृश्यावलोकन गराउने उदेश्यसहित आजबाट सम्पदा बस सेवा सञ्चालनमा आउन लागेको हो ।

नेपाल पर्यटन बोर्डको ब्यवस्थापनमा दुईवटा विद्युतीय बसहरुमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाईने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा आजबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन् ।

आज ललितपुर महानगरपालिकाबाट औपचारिक रुपमा सुरु गरिने ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याईने छ ।

प्रकाशित समय : ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु