गृहपृष्ठ लागूऔषधसहित धनगढीबाट एक जना पक्राउ
लागूऔषधसहित धनगढीबाट एक जना पक्राउ
कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सारबाट लागूऔषधसहित २२ वर्षीय दिनेश अर्खाली मगर पक्राउ परेका हुन् ।
उनी ४ ग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । चुरे गाउँपालिका–५ खानिडाँडाका मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको बताइएको छ ।
प्रकाशित समय : १९:२६ बजे


















