nmb bank

गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रमले देशलाई निर्देशित गर्न सक्दैनः अध्यक्ष ओली

सरकारको नीति तथा कार्यक्रमले देशलाई निर्देशित गर्न सक्दैनः अध्यक्ष ओली

सरकारको नीति तथा कार्यक्रमले देशलाई निर्देशित गर्न सक्दैनः अध्यक्ष ओली

सरकारको नीति तथा कार्यक्रमले देशलाई निर्देशित गर्न नसक्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले शुक्रबार संसदमा प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीन भएको बताएका छन् ।

‘यो एउटा बेकारको पुलिन्दा हो । यसले देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन’, उनले भने, ‘यो समर्थनयोग्य छैन, विरोधयोग्य छ ।’नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य समेत गरेका छन् ।

गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री प्रचण्डले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने टिप्पणी गरे । उनले अगाडि भने, ‘प्रधानमन्त्रीजीको कार्यकाल २ वर्ष गठबन्धनले तोकेको हुनाले २ वर्षे कार्यक्रम राखिएको हो कि?’सरकारको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्रको समस्या उल्लेख नभएको उनले बताका छन् ।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु